सातौं पर्वतीय महोत्सव: चित्रकला प्रतियोगिता सम्पन्न
पाेखरा | मंसिर २१, २०७९
पोखरा: सातौं पर्वतीय महोत्सवअन्र्तगत अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिता सोमबार सकिएको छ । पोखरामा हुने ७ औँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवको पूर्वसन्ध्यामा नेपाल पर्वतारोहण संघ र पर्वतीय संग्रहालय प्रतियोगिता आयोजना गरेका हुन् ।
प्रतियोगितामा ३६ विद्यालयले सहभागिताको लागि निवेदन दिएका थिए । जसमध्ये ३३ विद्यालय प्रतियोगितामा सहभागी भएको महोत्सव मूल आयोजक समितिले जानकारी दिएको छ । प्रतियोगितामा पोखराका विभिन्न विद्यालयमा ८ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थी सहभागी गराइएको थियो ।

संग्रहालयकी निर्देशक तथा महोत्सव मूल आयोजक समिति सदस्य सचिव निर्मला न्यौपानेका अनुसार प्रतियोगिताको नतीजा महोत्सव उद्घाटनको दिन २४ गते सार्वजनिक गरिने छ । प्रतियोगितामा सहभागी भएका प्रथम, द्वितीय, तृतीय भएका विद्यार्थीलाई उद्घाटनको दिन प्रमुख अतिथिबाट पुरस्कार वितरण गरिने छ ।
प्रतियोगितामा विद्यार्थीको लागि सान्त्वना पुरस्कार पनि राखिएको छ । प्रतियोगिताको निर्णायक मण्डलमा मनोज तामाङ, शान्तकुमार श्रेष्ठ र हरेराम जोजिजु छन् । प्रतियोगितामा पर्यटन परिषद्का सञ्जयकान्त सिग्देल पनि सहभागी थिए ।

डिसेम्बर ११ लाई अन्तराष्ट्रिय पर्वतीय दिवसको रुपमा मनाउन थालेपछि पर्वतारोहण संघले हरेक वर्षदेखि पोखरा अन्तराष्ट्रि पर्वतीय संग्रहालयमा महोत्सव आयोजना गर्दै आएको छ । मंसिर २४ र २५ गते हुने ७ औं महोत्सवमा पर्वतीय वातारण, जैविक विविधता, प्राकृतिक स्रोत लगायतका विषयमा जोड दिएको छ ।
‘वुमन मुभ माउन्टेन’को नारासहित मनाउन लागिएको महोत्सवमा यसवर्ष पनि विभिन्न कार्यक्रम र प्रतियोगिता राखिएको छ । महोत्सवमा हिमाली क्षेत्रमा हुने खेललाई प्राथमिकतामा राख्दै धनुषवाण (आर्चरी), छेलो लगायतका खेल कार्यक्रम पनि राखिएको छ । यो बाहेक महोत्सवमा सडक दौड, साइक्लिङ प्रतियोगिता पनि छ ।
यस्तै महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको सहकार्यमा सगरमाथा आधार शिविर व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमको पनि आयोजना भएको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

